काठमाडौ। साउदी अरबमा मृत्युदण्डको सजाय पाएका नेपालका उमेश यादवले क्षमादान पाएका छन् । तर यसका लागि धनुषाका यादवले त्यसवापत अव ब्लडमनी तिनुपर्ने भएको छ।

यादवलाई हत्या गरेको अभियोग लगाएका मृतकका परिवारले माफी दिन सहमति जनाएपछि यादवको ज्यान जोगिने निश्चित भएको हो । पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७ देखि साउदीको जुवेल जेलमा छन् ।

यादवले पाकिस्तानी परिवारलाई पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्ने भएको छ । पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पुगेर सरोज यादव नेतृत्वको नेपाली पक्षले माफीका लागि पहल गरेको थियो।

ब्लडमनी दिने शर्तमा मृतकका परिवारले यादवलाई क्षमा दिन सहमति जनाएका हुन्। ११ वर्षअघि यादव पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या आरोपमा पक्राउ परेका थिए।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल बैशाख १५ गते शनिवार ।