Sunita Kayastha's Help 3काठमाडौ। काठमाडौको गोकर्ण भैरबचौर स्थित स्वस्थ समाज नेपालमा रहेका बालकहरुलाई दुई सामाजिक अभियन्ताले सहयोग वितरण गरेका छन्। काठमाडौ विजेश्वरीका सामाजिक अभियन्ता सुनिता कायस्थ तथा मन्जु रानाले आफूहरुले सक्दो सहयोग वितरण गरेका छन्।

भिजन संसारमा केही दिनअघि स्वस्थ समाज नेपालमा काठमाडौ क्रेजको सहयोग नामक प्रकाशित समाचार हेरेर स्वतःस्फुर्त रुपमा सहयोग बोकेर कायस्थ र राना त्यहाँ पुगेका हुन्। भिजन संसारका नेपाल समाचार सम्पादक श्याम स्मृतको रोहवरमा कायस्थ र रानाले स्वस्थ समाज नेपालका बालकहरुलाई सहयोग वितरण गरे ।

Sunita Kayastha's Help 4

सहयोग वितरण कार्यक्रममा स्वस्थ समाज नेपालकी संस्थापक अध्यक्ष सीता श्रेष्ठले स्वस्थ समाज नेपाल स्थापना गर्दा आफू नितान्त एक्लोजस्तो अनुभव भएको र यतिखेर सवैको सहयोग र साथले आफू एक्लो नभएको अनुभव भएको भनेकी छन्। स्वस्थ समाज नेपालमा रहेका बालकहरुको उचित स्याहार तथा उनीहरुको लालन–पालन र शिक्षादिक्षा दिने आफ्नो प्रतिवद्धता रहेको अध्यक्ष श्रेष्ठले भिजन संसारसंगको भिडियो वार्तामा भनेकी छन्।

चाँडै नै स्वस्थ समाज नेपालले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि डे–केयर संचालन गर्ने सोच राखिएको र त्यसको लागि आवश्यक टहरा बनाइदिने दाताको खोजीमा रहेको श्रेष्ठ भन्छिन्। भूकम्पले क्षतिग्रस्त भएको घरको आँगनमा नै स्वस्थ समाज नेपाल संचालित रहेको छ। अध्यक्ष श्रेष्ठको घर भूकम्पले पूर्ण क्षति भएकोले आश्रित बालकहरुलाई दिनभर टहरामा राख्ने गरेतापनि राति नजिकैको डेरामा राख्ने गरिएको छ।

Sunita Kayastha's Help 1

स्वस्थ समाज नेपालमा रहेका बालकहरुलाई सहयोग वितरण गर्दा आफूहरुलाई अत्यन्त शकुन महशुश भएको कायस्थ र रानाले भनेकी छन्। सहयोग वितरण पछि कायस्थ र राना दुवैले आश्रित बालकहरुसंग फुटबल आदान प्रदान गरेर खेले। समाजमा रहेका बौद्धिक अपाङ्गता भएका १३ बर्षिय बालक सुरज श्रेष्ठ अत्यन्त रमाए। जसवाट दुवै निक्कै प्रभावित बने ।
प्रस्तुत छ–यस समाचार संवन्धी भिडियो रिपोर्ट ।


प्रकाशन मिति–२०७२ साल चैत्र १५ गते सोमवार ।