काठमाडौं। कोरोना कहरको विश्व आक्रान्त भैरहेको वर्तमान अवस्थामा नेपालमा सुनको मूल्य भने चर्कोरुपमा दिनको दिन नै बृद्धि भैरहेको छ । नेपालको सुनचाँदी बजारमा ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य आज विहीवार पनि उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै विहीबार सुनको मूल्य तोलामै ११ सयले बढेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम हुन पुगेको छ।

विहीवार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मूल्य हो। तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार पुगेको महासंघले जनाएको छ। चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स २ हजार ६४ डलर हाराहारीमा कारोबार भैरहेको छ। सुनको मूल्य १ लाख नाँघेको वर्तमान अवस्थामा सुनको कारोवार भने खासै नभएको व्यवसायीहरुले भनेका छन्। सुन खरिद गर्नेहरु भन्दा बेच्नेहरु धेरै पाइएको छ। सस्तोमा किनेका सुन महंगो भएको वर्तमान अवस्थामा बेच्ने यो अवसर पनि हो।


प्रकाशन मिति–२०७७ साल साउन २२ गते विहीवार ।