काठमाडौ। नेपालकी राष्ट्रपति मंगलवार विहान कडा सुरक्षा शैली अपनाउंदै काठमाडौवाट चितवनको रत्ननगर पुगेर नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारी महाराजगन्ज स्थित राष्ट्रपति भवन शीतल निवास हुंदै सिनामंगलमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्ने रुटमा प्रहरीले अत्यन्त सुरक्षा प्रदान गरिएको थियो।

विहानको अफिस टाइममा राष्ट्रपतिलाई दिइएको सुरक्षा स्थित देखिदा धेरैले अझैपनि नेपालमा राजामहाराजाहरुको शैली कायमै भएको अडकलबाजी गरेको पाइयो। नेपाली जनताकै छोरी राष्ट्रपति हुंदापनि यति धेरै कडा सुरक्षा शैली अपनाउनुको खासै तुक नभएको भनिदै गरेतापनि विगत विर्सेर राजर्षी ठांटमा कुर्सीमा पुगेका सवै आतेजाते गर्ने गरेकै पाइएको छ।

Patrakar Mahasangh ko Chitwan progm

त्यसरी नै रत्ननगर पुगेकी राष्ट्रपति भण्डारीले प्रेस स्वतन्त्रतामाथि कही कतैवाट कसैले पनि अंकुश र बन्देन लगाउने कल्पनासम्म पनि कसैले गर्न नहुने भनेकी छन्। पत्रकार आफैले बताएको आंचारसहिताको पालना गर्दा प्रेसको मर्यादा हुने सुझाव पत्रकारहरुलाई संवोधन भाषणमा राष्ट्रपति भण्डारीले दिएकी छन्।

कार्यक्रममा कृष्णप्रसाद भटराई राष्ट्रिय पत्रकारिता पुरस्कार कान्तिपुरसँग सम्बद्ध बरिष्ठ कार्टुनिष्ट दुर्गा बराल बात्स्यायनलाई, गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरका कालिकोट संवाददाता तुलाराम पाण्डेलाई, उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार कान्तिपुरका कैलाली संवाददाता गणेश चौधरीलाई प्रदान गरियो।

उत्कृष्ट शाखा चितवन र उत्कृष्ट प्रतिष्ठानबाट उज्यालो ९० नेटवर्कलाई सम्मान गरिएको छ। प्रेस स्वतन्त्रतता सेनानी सम्मानबाट काठमाडौंका(कान्तिपुर)का चेतबहादुर सिंह, सुनसरीका यम प्रधानलगायत झण्डै एक दर्जन सम्मानित भएका छन्।

प्रकाशन मिति–२०७३ साल बैशाख २१ गते मंगलवार ।