Election of Nepal 2

काठमाडौ। लामो समयदेखि हुन नसकेको स्थानिय निकायको निर्वाचन अव आगामी नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते आइतवार हुने भएको छ।

नेपाल सरकारले बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन गर्ने सोमवार साँझ बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ। त्यसको लागि बजेटको पनि व्यवस्था गरिसकेको जानकारी सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले बताएका छन्।

स्थानिय निकायको चुनावको लागि रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम खर्च हुने र त्यसको लागि अर्थ मन्त्रालयवाट निकासाको व्यवस्था समेत गरिसकेको मन्त्री कार्कीले भनेका छन्।

Election of Nepal 1प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।