काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगःले नेपाल केन्डो संघ र बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) लाई सहयोगस्वरूप खेल सामग्री शुक्रबार प्रदान गरेको छ।

नेपाल जुडो संघका महासचिवसमेत रहेका क्लबका अध्यक्ष धर्मकुमार श्रेष्ठले केन्डो संघका अध्यक्ष गणेश राई र काठमाडौ महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष मुकुन्द रिजाललाई सामग्री हस्तान्तरण गरेका हुन्।

लायन्स क्लब अफ काठमाडौ स्वनिगःको व्यवस्थापन र जापानको रिकोनिज्जा एस.टि.पावल्स कमिटी र मिवा खोवाएसीको सहयोगमा बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र, खुशिवु र नेपाल केन्दो संघलाई २ लाख ५० हजारको केन्दो खेलको सामाग्री उपलब्ध गराएको हो।

प्रकाशन मिति–२०७५ साल जेठ १३ गते आइतवार ।