काठमाडौं। काठमाडौंको स्वयम्भु बुद्धपार्क स्थित कारखाना चोकमा फाजु ट्रेड लिंकको शुभारम्भ भएको छ। शनिवार आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद पाल्टेन गुरुङ तथा नागार्जुन नगरपालिकाका मेयर मोहनवहादुर बस्नेतले संयुक्त रुपमा रिबन काटेपछि फाजु ट्रेड लिंकको शुभारम्भ भएको हो।

बाथरुम स्यानिटरी सामाग्रीहरुको उत्कृष्ट शोरुमको रुपमा विस्तारित फाजु ट्रेड लिंकका प्रोप्राइटर श्याम सुन्दर श्रेष्ठले लाइफमा एकपल्ट घर बनाउने भएको कारण विना कम्प्रोमाइज गुणस्तरीय स्यानिटरी सामाग्रीको प्रयोग गर्नु आवश्यक भएको बताएका छन्। त्यसका लागि फाजु ट्रेड लिंक सवैको लागि सहुलियत दरमा गुणस्तरीय सेवा दिन कटिबद्ध भएको प्रोप्राइटर श्रेष्ठको भनाई छ।

प्रकाशन मिति–२०७६ साल मंसिर २८ गते शनिवार ।