–नारायण लिंंखा देवान
ललितपुर। महिलाहरुको बृद्धि विकास तथा स्वरोजगारका लागि स्थानीय संघ–संस्था महिला समूहको योगदान अतुलतिय रहदै आएको छ। यस संवन्धमा स्थानीय थसिखेल महिला समूहको आयोजनामा आयोजित चार महिने रोजगारमुखी एडभान्स सिलाई तालिमको समापन भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा एडभान्स सिलाई तालिमव्दारा दीक्षित महिला दिदीबहिनीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो।

सीप सिकौ स्वरोजगार बनौ नारा सहित ललितपुर महानगरपालिकासंगको सहकार्यमा थसिखेल महिला समूहको आयोजनामा सिलाई तालिम कार्यक्रम भएको हो। सोही समारोहमा आयोजक थसिखेल महिला समूहको दोश्रो बार्षिक साधारण सभा पनि संपन्न गरिएको छ।

साधारण सभावाट बसन्ती रिजालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। जसमा बसन्ती रिजाल अध्यक्ष, उपाध्यक्ष जिना शाक्य, सचिव बबिता गजुरेल, कोषाध्यक्ष पुष्पा कुमारी श्रेष्ठ तथा सदस्यहरुमा तहलकुमारी सिजापति, भीमा गजुरेल, सुनिता ताम्राकार, सुचिता जोशी र फ्याउरी रिजाल चयन भएका छन्। सामाजिक दूरी कायम गरेर दुवै कार्य सहज र सरल ढंगवाट गरिएको थियो।

प्रकाशन मिति–२०७७ साल असार २ गते मंगलवार ।