narayan-gopal

काठमाडौ। स्वर–सम्राट नारायण गोपालको काठमाडौ किलागल स्थित पुख्र्यौली घर संरक्षण्को अभावमा खण्डहर हुने स्थितिमा पुगेको छ। गत बर्ष २०७२ साल बैशाख १२ र २९ गते आएको महाभूकम्पको कारण नारायण गोपालको किलागलको घर बस्नै नहुने गरेर भत्किएको थियो। भूकम्पअघि पाँच तल्लाको घर भूकम्प पछि ३ तल्ला मात्र कायम गरिएको छ। सवै चर्किएको अवस्थामा रहेको छ।

narayan-gopal-home

नारायण गोपालका चार दाजुभाइ मध्ये मनोहर गोपाल र लक्ष्मण गोापालको नामममा रहेको नारायण गोपाल जन्मेको यो पूख्र्यौली घर खण्डहर बनेको छ। नारायण गोपालको जन्मघर खण्डहर अवस्थामा पुगिसक्दा यस घरमा रहेका पुरातात्विक महत्वका बस्तुहरु जस्ताको तस्तै देख्न पाइन्छ। तर, घरको संरक्षणको जिम्मा कसैले नलिदा यसमा रहेको महत्वपूर्ण पुरातत्विक बस्तु हराउने संभावना बढेको छ।

यसको गौरबतालाई बढाउनको लागि सरकार तथा स्थानिय निकाय कसैले पनि जिम्मेवारी लिने कार्य भने गरेको देखिदैन। यस घरमा स्वर सम्राट नारायण गोपालको वि.सं.१९९६ सालमा जन्म भएको थियो।
प्रकाशन मिति–२०७३ साल मंसीर ४ गते शनिवार ।