airlines-fuelकाठमाडौ। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर नगद ५ रुपैया घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ।

निगमका प्रवक्ता भानु खनालका अनुसार प्रतिलिटर ९९ रुपैया रहेको हवाई इन्धनको मूल्य शुक्रबार राति १२ बजेपछि ९४ रुपैया कामय हुनेछन्। दशैं तथा तिहार जस्तो चाडपर्वलाई लक्षित गरेर हवाई इन्धनमा मूल्य घटाइएको निगमका प्रवक्ता खनालले भनेका छन्।

हवाई इन्धनको मूल्य घटेपछि हवाईजहाजको टिकट मूल्य पनि घट्ने विश्वास गरिएको छ। केही हप्ताअघि खाना पकाउने एलपी ग्यासमा ५० रुपैया घटाएको निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा भने केही हेरफेर गरिएको छैन्।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ गते शुक्रबार ।