काठमाडौं। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबल बेल्जियमको दोश्रो अधिवेशन संपन्न भएको छ। हामी नेपाली ग्लोबल बेल्जियमकी उपाध्यक्ष अनुजा प्रधानको सभापतित्वमा बेल्जियमको Antwerpen शहरमा संपन्न भएको हो।

बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा गैर–आवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तिर्थराज धमला,गैर–आवासीय नेपाली संघ बेल्जियमका सस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ , हामी नेपाली ग्लोबल जर्मनीको लागि काउन्सिलर किरण सिग्देल, हामी नेपाली ग्लोबल जर्मनीका अध्यक्ष रण बहादुर साउत लगायको आतिथ्यता रहेको थियो।

हामी नेपाली ग्लोबल बेल्जियमका विष्णु पौडेलको स्वागत भाषणवाट शुभारम्भ भएको अधिवेशनमा श्रीप्रसाद दवाडीले हाम्रो नेपाल घर कसरी निर्माण गर्ने भन्ने अवधारणा प्रस्तुत गरेका थिए। हामी नेपाली ग्लोबल बेल्जियमका काउन्सिलर गीता लामाले हामी नेपाली ग्लोबलको आवश्यकता र महत्वका संवन्धमा प्रकाश पारेकी थिइन्। कार्यक्रम हामी नेपाली ग्लोबल बेल्जियमका महासचिव मीन क्षेत्रीले संचालन गरेका थिए।

अधिवेशनवाट नयाँ अनुजा प्रधानको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति पनि चयन भएको थियो। जसमा अध्यक्ष अनुजा प्रधान , बरिष्ठ उपाध्यक्ष मीन छेत्री, उपाध्यक्ष विमल सुव्वा, महासचिव बिष्णु पौडेल, सचिव राम पुन, कोषाध्यक्ष श्रीप्रसाद दवाडी र सदस्यमा अनुजा चपागाई र निर्मला परियार रहेका छन्। त्यस्तै, महिला संयोजक शारदा अर्याल, प्रेस संयोजक साइमोन आले र स्पोर्टस् संयोजकमा सन्तोष पौडेललाई चयन गरिएको छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक १६ गते मंगलवार ।