–चन्द्रमान सुवाल
हे ईश्वर हाम्रो पुकार सुनिदेउ
खुल्ला माटो हावापानी संग रमाउनदेउm

यो धर्ती वायु आकाश तिमै हो
तिमै सन्तान हामी सधैं काँखमा खेल्न पाउं

यो कोठाभित्रका जिन्दगी हताइदेउ
संसार मान्छे विना अधुरो रहेछ

यो धर्तीको वायुमण्डलमा सधैँ साँस फेनॅ पाउंदा
यही संसारमै सधैं हाँस्न र रून पाऊँ

सधैं वायु भैरब आकाश भैरब पुकारिरहन्छु
हे–ईश्वर कोरोनाभाइरस निलीदिनु भनि

यो धर्ती सुन्दर फूलको बगैचा रहेछ
अजम्बरी मानवको वस्ती वसालीदेउ

हे–ईश्वर हाम्रो पुकार सुनिदेउ
खुल्ला माटो हावा पानीसंग रमाउनदेउ

चोछेँ–६, भक्तपुर, नेपाल ।


प्रकाशन मिति–२०७६ साल चैत ३० गते आइतवार ।