काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन विश्वका प्राय देशमा लकडाउन रहेको छ। मध्यपूर्वमा रहेको इजरायलमा पनि लकडाउन रहेको छ। इजरायलमा लकडाउन भएको पनि २५ दिन वितिसकेको छ।

इजरायलको लकडाउनमा विश्वभरवाट कोरोनाभाइरसको अन्त होस् भनेर एउटा फोटो चमत्कारिक रुपमा प्रकाशित भएको छ। त्यो फोटोग्राफी गर्ने चमत्कारी फोटोग्राफर डेन्डुप तामाङ हुन। इजरायलमा नेपाली चमत्कारिक फोटोका फोटोग्रापरका रुपमा नाम कमाएका डेन्डुपले आफ्नै जीवन संगीनी इलित्रा क्षेत्रीको चमत्कारिक रुपमा फोटो खिचेर पोष्ट गरेका हुन। जुन निक्कै मनमोहक र सान्दर्भिक देखिएको छ।

माता पाथिभराको भक्त समेत रहेका फोटोग्राफर डेन्डुपको उक्त फोटोमा चमत्कार नै देखिएको छ। विश्ववाटै कोरोनाभाइरसको अन्त होस् भनेर माता पाथिभरासंग पुकारा गरेको त्यस फोटोले यतिखेर व्यापक चर्चा पाएको छ। इजरायलमा जारी लकडाउनको समयलाई उपयोग गरेर मनमोहक यो फोटो खिचिएको जानकारी डेन्डुपले इजरायलवाट भिजन संसार डटकमलाई दिएका छन्।

पाथिभरा मातलाई पुकारेर खिचिएको यो फोटो वास्तविक फोटो नै हो। जसमा कुनै चिटिङ्ग नभएको र यथार्थवाद नै रहेको छ। स्वयम् पाथिभरा माताको भक्तिनी भएको कारण इलित्राले फोटोमा यथार्थ पोज दिएकी छन्। डेन्डुपको यिनै मोहकताले भरिएका अनेक गजबका फोटोग्राफीको कारण उनी इजरायलमा चर्चाको शिखरमा रहेका छन्।

डेन्डुपको फोटोग्राफीको मोह सानैदेखि हो। पहाडकी रानी दार्जिलिङमा जन्मेका डेन्डुपलाई प्रकृतिले नै फोटोग्राफर बनाएको हो। प्रकृतिसंगै रम्दै अनि हुर्कदै फोटोग्राफी जानेका फोटोग्राफर डेन्डुपलाई नेपाली हुनुको अत्यन्त गौरबता रहेको छ।

सन् २०१० सालमा इजरायल पुगेका डेन्डुपको त्यहाँ काम गर्ने सिलसिलामा पूर्वी नेपालको झापाकी इलित्रा क्षेत्रीसंग चिनाजानी अनि मायाप्रेम भएपछि दुवैवीच विवाह पनि भयो। परदेशमा यी मायाका जोडी डेन्डुप र इलित्रालाई अनुपम प्यारको जोडी नै मानिन्छ। त्यसमाथि, दुवैले त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुलाई गरिएको सम्मान तथा स्याहार–सुसार अतुलनिय रहेको छ।

यसले गर्दा त्यहाँ उनीहरुलाई ज्येष्ठ नागरिकहरुको सामाजिक अभियन्ताको रुपमा लिइने गरेको छ। यी दुईको मायाको संसारमा दुवैको मायाको चिनो किन्डुप पनि रहेका छन्। किन्डुप यो बर्षको अगष्टवाट तीन बर्षमा लाग्दैछन्।

प्रकाशन मिति–२०७६ साल चैत ३० गते आइतवार ।