काठमाडौं। विश्वभर महामारीको रुपमा आक्रान्त पारेको कोरोनाभाइरसका कारण सवैको जिन्दगी भार नै बनाएको छ। मखमली जिन्दगीलाई कोरोनाभाइरसले भारै बनाएको यथार्थता कसैवाट पनि छिपेको छैन्।

मनुष्य जिन्दगीलाई भार नै बनाएको जनयुद्ध देखि महाभूकम्प र कोरोनाभाइरस जस्तो महारोगसम्मले बर्बाद पारेको छ। यही बर्बादीको यथार्थतालाई उनेर हङकङमा रहेका ख्यातिप्राप्त नेपाली उस्ताद कृष्णभक्त महर्जनको गायनमा गीत तयार भएको छ।

उस्ताद महर्जनकै शव्द तथा संगीत रहेको वर्तमान अवस्थाको वास्तविक गीतको वोल नै यो जिन्दगी भार भयो हो। यसै गीतको भिडियो विश्वभर एकसाथ रिलिज भएको छ। प्रसिद्ध संगीतकार तथा संगीत संयोजक हरिशरण सायमीको म्युजिक एरेञ्जमा तयार भएको यस गीतको भिडियोमा उस्ताद महर्जनको गायन सहितको मार्मिक अभिनय रहेको छ।

जसमा महायुद्धदेखि महाभूकम्प र महारोग कोरोनाभाइरससम्मको आक्रान्तलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ। निर्देशन सोनाम पाख्रिनको रहेको छ।

प्रकाशन मिति–२०७६ साल चैत ३० गते आइतवार ।