–खिमानन्द पोखरेल
अहिले विश्भर कोरोना भाईरसको सन्त्रास फैलिरहेको छ । धेरै जसो मुलुकले जनता सुरक्षित रहुन् भनेर देशलाई लकडाउन गरिसकेका छन् । छिमेकी मुलुक भारतले समेत तिन हप्ताको लागि लकडाउन गरिसकेको छ। लकडाउन गरेपछि यो रोग सङ्क्रमित हुन पाउँदैन। हाम्रो देश नेपालले पनि यहीँ २०७६ चैत्र ११ गते देखि मुलुकलाई लकडाउन गरिसकेको छ ।

यही नै हो यो भयावह रोगबाट सुरक्षित रहन सक्ने मुख्य उपाय । यो कुरामा विशेषज्ञहरूको पनि सहमति एउटै देखिन्छ । हामी आफै सचेत रहेर घरमै बसी नियम पालन गर्न सकियो भने यो रोगबाट बच्न सकिन्छ । हामी आफू सुरक्षित रहनको लागि घर मै बसौँ । रोग सामान्य होस् अथवा जटिल हेलचेक्राई गर्नु हुँदैन ।

लामो समय सम्म रूघा खोकी निको नभएको खण्डमा अथवा कोभिड १९ कुनै लक्षण देखिएमा तुरून्त परिक्षण गराईहाल्नु पर्छ। रोग लागि सके पछि यसबाट निको हुन समय लाग्छ र वितल परे ज्यान नै जोखिममा पर्ने सम्भावना रहन्छ । तर आत्तिईहाल्नु पर्दैन । निको भएर घर फर्केका समाचारहरू पनि हामीले सुनेकै हो ।

चीनको बुहान राज्यमा पहिलो पटक देखा परेको यो रोग अहिले विश्वभर महामारीको रूपमा फैलिरहेको छ । यो रोग सङ्क्रमित व्यक्तिबाट फैलिने रोग हो । यो रोग सामान्य रूघा खोकीबाट शुरू हुन्छ । रूघा खोकी लागेको तर निको हुन केही समय लागेमा तुरून्त डक्टरसँग परामर्श लिएर सुरक्षित रहने कोसिस गर्नु पर्छ। हरेकलाई शरीरको माया हुन्छ । यो कुरा ठोकुवा साथ भन्न सकिन्छ कि–शरीरको माया नहुने व्यक्ति कोही पनि हुँदैन ।

सवभन्दा पहिले त छिमेकी देश भारत कै कुरा गर्न मन लाग्छ । नेपाली उखानमा पनि “टाढाको आरन भन्दा नजिकको उदिन काम लाग्छ” भन्ने गरेका यी टुक्काहरू पढ्न, सुन्न र मनन गर्न पाएकै हो । छिमेक भने पछि छिमेक नै हो अन्यथा हुँदैन । त्यसैले पनि भारतले हामीलाई मित्रवत व्यवहार गरिरहेकै छ गरिरहला र भविष्यमा गरिरहेको हुनेछ भन्ने विश्वाँस गर्न सकिन्छ।

तैपनि हामीमा हेपाहा र बल मिच्याई गर्ने प्रबृत्तिचाहीँ कायमै छ । सानो भनेर हेला गर्नु हुँदैन । आगोको फिलिङ्गो कति सानो हुन्छ तर त्यसको स्वरूप भयानक र डरलाग्दो हुन्छ । नेपालीले मित्रसँग आगो नबनेर होइन फिलिङ्गो बनेर काम गर्ने क्षमता राखेको हुन्छ। छिमेकसँग आफ्नै घर परिवारको दाजुभाई सँग गरिने व्यवहार गरिन्छ। हामी क्षेत्रफलको हिसावले भारत भन्दा निकै सानो मुलुकमा पर्छौँ। भारतको दाँजोमा आर्थिक हिसावले केही कमजोरी भए पनि हामीमा इमान्दारीता जो आर्थीक पक्ष भन्दा पनि ठूलो दौलत छ।

छिमेकी देश भारतमा रहेका हाम्रा नेपाली दाजुभाई दिदी बहिनीहरू जहाँ बसेर काम गरिरहनु भएको छ, त्यहीँ बस्नको लागि सम्वन्धित व्यक्तिहरूसँग आग्रह गर्नुहोस् । यो संसार भरको सङ्कटको बेला हो । हामीले मानवियता देखाउने बेला पनि यही नै हो। मानवले मानवको उद्दार यस्तै सङ्कट परेको बेलामा गर्नु पर्छ। हामीले मानवियता प्रकट गर्ने अवसर नै यहीँ हो। पशु लगायतका अन्य प्राणीमा यो क्षमता हुँदैन।

दुःख सुखको बाँडफाँट गर्ने नै हामी विच हो। दुःख पर्दा जस्ले साथ दिन्छ त्यही नै महत्वपूर्ण मित्र बन्न सक्छ । छिमेकी मुलुक भारत बाट आफ्नो स्वदेश फर्कने नेपाली दाजुभाई दिदी बहिनीहरूले मलाई केही भएकै छैन भनेर ढुक्क साथ बस्ने समय यो होइन । हरेक पलपलमा सावधानी अपनाउने गर्नु पर्छ । जो जो मानिस विदेशबाट आउनु भएको छ त्यस्ता महानुभावहरूले मलाई केही भएको छैन भनेर ढुक्क भएर परिवार सँग घुलमिल नभई दिनुहोस्।

यसको लक्षण तत्काल देखा नपर्न सक्छ । कमसे कम दुई हप्ता आफ्नो घर परिवारबाट पाईने बात्सल्य देखि केही दिनको लागि अलग भई दिनुहोस् । रोग भन्दा ठूलो माया कुनै हालतमा हुन सक्दैन। आफू सुरक्षित रहने मुख्य उपाय नै घरदेखि बाहिर ननिस्कनु हो। आफ्नो घरपरिवार सदस्य बाहेक अन्य कुनै नातेदारलाई समेत घरमा नबोलाउनुहोस् र आफू पनि आफ्ना नजिकको नातेदारको घरमा जाने नगर्नुहोस् ।

सर्वप्र्रथम त हामी आफू आफैले सुरक्षि रहने उपाय अवलम्बन गर्नु पर्छ । आफूले गर्न सकिने कुरामा पनि राज्यको सहयोगको माग गर्न खोजीयो भने हाम्रो नादानी, लाछी र परजीवी पन हुनेछ। यो मामलामा हामी अति सभ्य र सम्यम बन्नु पर्ने जरूरी छ।

हामी जति असभ्य बन्छौ रोग प्रतिकार गर्ने शक्ति हामीमा होला यसको कुरा बेग्लै छ तर राज्यले जनताको भलाई खातिर जनताको जीवन रक्षा प्रति चालीएका कदमको हामीले अवज्ञा गर्यौ भने यसको सम्पूर्ण क्षतिको भागीदार आफै हुनेछौँ । यो समयमा सरकारलाई दोष लगाउने काम हामी जो कोहीले कुनै पनि कार्य गर्न हुँदैन ।

सरकारसँग श्रोत साधनको कमी हुन सक्छ होला तर हाम्रो पक्षबाट पनि सरकारले चालेका उचित कादमहरू प्रति हामीले साथ दिन सकेनौ भने हामी आफ्नो कर्तव्य देखि च्युत हुन पुगेको ठहरिनेछौँ । यो बेला सरकार सँग प्रतिकार गर्ने बेला होइन निर्देशन पालन गर्ने बेला हो।

नेपालीको थेगी नसक्नु भिड भारतबाट नेपालतर्फ छिरे पछि सरकारलाई हम्मे हम्मे हुन्छ भन्ने कुरा त सर्वप्रथम हामी आफैले बुझ्नु जरूरी हुन्छ । थेगी नसक्ने नेपालीको यो भिड नेपाल तर्फ आउन सक्छ भन्ने अनुमान लगाएर राज्यले केही उपाय अवलम्बन गर्नु पर्ने थियो तर राज्यले यसो गर्न सकेन । यसमा राज्य पक्षको पनि केही कमजोरी भएकै हो भन्ने गुनासाहरू पनि यसरी बाहिर आउन थालेका छन् ।

कति नेपाली आफ्नो रोजीरोटीको लागि छिमेकी मुलुक भारतमा बसेर काम गर्छन् भन्ने कुरा अनुमानित रूपमा राज्यले डाटा राखेको पनि छ होला । यो अत्यन्त डरलाग्दो रोग कोरोनाभाइरस ( कोभिड –१९) देखि त्रसित हुँदै नेपालमा भएका आफ्ना बाबु आमालाई भेटिसके पछि सुरक्षित हुन सकिन्छ भन्ने सोँच बोकेर भारतबाट नेपालीहरू स्वदेश प्रवेश गरेका पनि हुन सक्छन्।

चाहे जे होस् यो केवल हाम्रीले अनुमान गर्न सकिने कुरा मात्र हो । यस विषयमा पहिला नै राज्यले यस्तो कदम चाल्नु अत्यावश्यक थियो जसद्वारा नेपाल प्रवेश गरिसकेका नेपालीहरूले सिमा प्रबेश गरिसके पश्चात् नेपाल सरकारलाई अनिवार्य सम्पर्क राख्नै पर्ने त्यस्तो प्रावधान बनाईदिन सकेको खण्डमा यसरी नेपाल प्रवेश गर्न हौसिने समुह अवश्य नै व्यवस्थित बन्न सक्थ्यो होला तर यसो गर्न नसक्दा राज्य पक्ष यस मामलामा चुकेको हो कि भनेर भन्न सकिन्छ।

केही पुस्ता अगाडिको कुरा गर्दा त्यतिखेरको हैजाले आफ्नो रोग परिवर्तन गरेर कोराना भाईरस महामारी रोगको स्वरूप परिर्वन गरेको छ । कुनै बेला हैजाको औषधि पनि पत्ता नलागेको अवस्था थियो । अहिले आएर ठीक त्यस्तै भई राखेको छ। बैज्ञानिकहरूले रोगको औषधि त पत्ता लगाउने प्रयासलाई तिब्र बनाएकै छन् होला तर त्यति बेला सम्म ज्यान गुमाउनेहरूको संख्यामा निकै बृद्धि हुन सक्ने सम्भावना यो रोगको प्रकृतिले उग्ररूप नदेखाउला भन्न पो कहाँ सकिन्छ र ?

हैजा रोग खानपान र स्वास्थ्यको हिसावले बढी जोखिम देखिन्थ्यो भने यो रोगको प्रकृति नयाँ र बेग्लै किसिमबाट देखिएको पुष्टी भईरखेको छ। नेपाल भारत सिमाबाट लाखौँको सङ्ख्यामा नेपाल भित्रीन खोजेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई क्वारेन्टाईनमा राख्नको लागि राज्यले व्यवस्थित गर्न नसकेर हजारौँलाई एकै ठाऊँमा जसरी भेँडा बाख्रालाई खोरमा कोचिन्छ त्यसरी नै कोचिएर राख्न खोजेका कुराहरू पनि बाहिर आएका छन्।

लाखौँ मानिस एकैचोटी सिमा प्रवेश गर्न खोज्दा व्यवस्था मिलाउनेलाई अवश्य नै हम्मे हम्मे त हुन्छ नै । व्यवस्था मिलाउनेलाई जति गाह्रो हुन्छ त्यति बाहिर बसेर कुरा काट्नेलाई सजिलो हुन्छ भन्ने कुरा अत्यन्तै गौँड विषय बनेका छ ।
राज्यले लगाएको नियम पालन गर्नु हामी नागरिकको कर्तव्य हो। यस्तो स्वास्थ्य सम्वन्धि अति संवेदनशिल कुरामा हामी जानाजान होस् अथवा बुच्पचाएर गरिने कामले सर्वप्रथम त आफूलाई नै हानी नोक्सानी पुर्याउँछ ।

राज्यले निर्देशन गरेका उर्दि हामी सोह्रै आना पालना गरेर सरकार प्रति बफादार हुन सकेको खण्डमा त्यस पछिको जिम्मेवारी सरकारको हुनेछ भन्ने कुरालाई हामीले यसरी बुझ्नु पर्यो।

आज २०७६ चैत्र १६ गते आईतबार सम्म कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ५ पुगेको छ । पछिल्ला सूचना अनुसार बेल्जियमबाट कतार हुँदै आएकी एक युवतीमा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकी युवती बाग्लङ्की हुन्। फ्रान्सबाट कतार हुदै आएकी युवती र ती बाग्लुङकि युवती चैत्र ४ गत एउटै जहाजमा काठमाण्डौ आएका थिए ।

बेल्जियमबाट कतार हुँदै काठमाण्डौ आउकी युवती एउटै जहाजमा काठमाण्डौ आएकी गएकोे दुबै जना कतारबाट काठमाण्डौ आएका थिए। अहिले सम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेहरूको संख्या सात हजार भन्दा बढी नाघि सकेको पुष्टी भईसकेको छ ।
(लेखक नेपालका ख्यातिप्राप्त कवि एवम् साहित्यकार हुनुहुन्छ ।)
प्रकाशन मिति–२०७६ साल चैत १६ गते आइतवार ।