Hari Bdr Baniya Bakery Exucative 1काठमाडौ। काठमाडौको लाजिम्पाट स्थित पाँचतारे होटल सांग्रिलाका एक्ज्युकेटिभ बेकरी सेफ हरिबहादुर बाँनियाले बनाएका विभिन्न बेकरी आइटमको विदेशी माझ हाल निक्कै लोकप्रिय रहेको छ। विशेषत बानियाँले होटल सांग्रिलामा तयार पार्ने गरिएको वेडिङ्ग केक स्वदेशी तथा विदेशी प्रायले मन पराउने गरेको छ।

Bakery 3

Bakery 6

विवाहको लागि तयार पारिने वेडिङ्ग केकमा बेग्लै स्टाइल तथा रौनकता प्रदान गर्ने बानियाँको आफ्नै शैलीले त्यसको लोकप्रियतामा बृद्धि भएको पाइएको छ।

बानियाँले तयार पार्ने यस वाहेकका अन्य बेकरी आइटममा चिकेन प्याडिज, चक्लेट केक, स्ट्रबरी मोस्ट आइटम, कोर्सन, डेनिस, मफिन्स केक विदेशीले बढी मन पराउने गरेको छ।

नेपालीले ब्लाँक फरेस, व्हाइट फरेस लगायतका बेकरी आइटम मन पराउने गरेको छ। त्यसको अलावा एगलेस केक, सुगर फ्रि केकको पनि हाल डिमाण्ड बढ्ेको बाँनियाको भनाई रहेको छ। होटल अन्नपूर्णमा नौ बर्ष लामो चिफ बेकरी एक्ज्युकेटिभ सेफ बनेर होटल सांग्रिला आएको बताउने बांनिया गोरखा हर्मी–७ तारेभीर निवासी हुन्।

Hari Bdr Baniya Bakery Exucative 2२० बर्ष अगाडि एसएलसी सकेको लगतै काठमाडौमा आएर आगमन होटल ट्रेनिङ्ग सेन्टरवाट बेकरी बनाउने तालिम लिएर यसतर्फ लागेको बाँनियाले बताएका छन्। बेकरीको पूर्ण तालिम पश्चात कतार पुगेका बानियाँले त्यहाँको रमदा होटल तथा इली फ्रान्स होटलमा ६ बर्ष बेकरी एक्जुकेटिभ सेफ भएर काम गरे।

Bakery 4

बेकरीको आइटममा हरपल नयाँपन दिन रुचाउने बानियाँको बेकरी कलाले त्यहाँपनि उनको कार्यको प्रशंशा गर्ने धेरै रहेका छ।

अझैपनि कतारमा बेकरीको प्रसंग आउंदा बानियाँकै नाम आउने गरेको छ। लोकदोहरीमा रम्ने तथा गाउने कलामा पनि विशेष रुचि राख्ने बानियाँ फुर्सदमा शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन स्वीमिङ्ग गर्ने गरेको भन्छन्।

 

प्रकाशन मिति–२०७३ साल बैशाख २ गते विहीवार ।