Mahesh Chees & wine party 2काठमाडौ। काठमाडौको लाजिम्पाट स्थित होटल सांग्रिलामा यो हप्ताको शुक्रबार नयाँ फुड आइटमको पार्टी भएको छ। यसैक्रममा नेपाल स्थित विभिन्न देशका राजदूत तथा पर्यटन व्यवसायीहरुको सम्मानमा पहिलो पल्ट वाइन एण्ड चिज पार्टी कार्यक्रमको आयोजना भएको छ।

Mahesh Chees & wine party 1

होटल सांग्रिलाका चिफ एक्ज्युकेटिभ सेफ महेशराज ढकालले विदेशमा सिकेका चिजका परिकारलाई सक्दो रुपमा नयाँ ढंग तथा साज्जसज्जाका साथ प्रस्तुत गरिएको थियो। जसलाई नेपालस्थित विदेशी राजदूत तथा पर्यटन व्यवसायीहरुले अत्यन्त रुचाए। स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्क, हल्याण्ड, ग्रीक, अमेरिका, इटाली, जर्मन, बेलायत, न्यूजल्याण्ड लगायतका देशका आयातित चिजका तथा नेपाली स्थानिय चिजको परिकारका साथमा विभिन्न देशका ब्राण्डेट वाइनहरुलाई अत्यन्त रुचाएको चिफ एक्ज्युकेटिभ सेफ ढकालले भिजन संसारलाई भनेका छन्।

Mahesh Chees & wine party 5

चिजका परिकार र वाइनको अलावा विभिन्न प्रकारका कोल्ड कट, ग्राप्स्, नट्स लगायत विभिन्न ब्रेड तथा क्रेक्रर पनि राखिएको थियो। बेग्लै स्वाद र फरक शैलीवाट उपस्थित विभिन्न देशका राजदूत तथा पर्यटन व्यवसायीहरुले मुक्तकण्ठले प्रशंशा गरिएको पनि ढकालले बताए। विदेशमा सिकेको कुरालाई स्वदेशमा विदेशी पाहुनामाझ वाइनसंग विभिन्न किसिमका चिज खाने संस्कृतिको विकास गर्न आफूले केही हदसम्म भएपनि सहयोग गरेको पनि ढकाल भन्छन्।

Mahesh Chees & wine party 6Mahesh Chees & wine party 4Mahesh Chees & wine party 7Mahesh Chees & wine party 3प्रकाशन मिति–२०७३ साल बैशाख ४ गते शनिवार ।