काठमाडौ। महिलाहरुको सौन्दर्यको प्रमुख प्रसाधनमा लिपिस्टिक पनि हो । लिपिस्टिकको खपत नेपालमा दिनानुदिन बृद्धि भैरहेको छ। लिपिस्टिकको व्यापार राम्रो नै मानिन्छ। राम्रो बनाउने तथा सुन्दरी बनाउने यही लिपिस्टिकले महिलाका कतिपय राज अर्थात रहस्य भन्ने खुलाउने गर्दछ।

lipstick 1

कतिलाई आफूले लाउने गरेको लिपिस्टिकका कलरले पनि अरुले आफूभित्रको राजलाई सजिलै पत्ता लगाउने गर्दछ भन्ने थाहा नहुन सक्छ। तसर्थ, विभिन्न कलरका लिपिस्टिक लाउने महिला दिदीबहिनीहरु अव होशियार बन्नुपर्ने बेला भएको छ।
हालै पत्ता लगाएको एक अनुसन्धान अनुसार कुन रङको लिपिस्टिक लगाउने महिला कस्ता हुन्छन् भन्ने बारेम जानौ र सचेत बनौ।

ब्लड रेड
जो महिला तिख्खर रातो वा ब्लड रेड (रातो रङ) को लिपिस्टिक लगाउन मन पराउँछन्। त्यस्ता महिलाहरु मानिसहरुसँग घुलमिल हुन रुचाउँछन् । साथै मानिसहरुको आर्कषणको केन्द्र बन्न मन पराउँछन् । यस्ता महिलाहरु आत्मविश्वासी हुन्छन् ।

lipstick 3हाँट पिंक
हाँट पिंक कलरको लिपिस्टिक लगाउने महिलाहरु मेहेनती हुनुका साथै फूर्तिलो हुन्छन्। साथै यी महिलाहरु बुद्धिवान् पनि हुन्छन् । साथै यी महिलाहरु स्वार्थी र घमण्डी पनि हुन्छन् ।

वाइन रेड
वाइन कलरको लिपस्टिक लगाउने वा मन पराउने महिलाहरु बोल्ड हुन्छन् । उनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि मानिसहरुको आफूतिर कसरी आर्क्षित गर्ने तरिका।

Lipstik bat Hoshiyar

बेबी पिंक
बेबी पिंक कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरु बच्चा जस्तै नाजुक र आर्कषक हुन्छन् । उनीहरुको रंगीन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आकर्षित गर्छन् ।

lipstick 4

मरून कलर
मरून कलर मन पराउने वा लगाउने महिलाहरु निडर र धेरै मुडी स्वाभावका हुन्छन् । यस्ता महिलाहरु हरेक काम परफेक्ट तरिकाबाट गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छन् ।

कोरल कलर
कोरल कलर मन पराउने महिला जिम्मेवारी निभाउने र आफ्नो अधिकार लिन पनि पछि नहट्ने स्वाभावका हुन्छन् । यस्ता महिलाहरु मानिसहरुको बीचमा निकै सम्मानका साथ प्रस्तुत हुने गर्दछन् ।

ओरेन्ज कलर
जो महिला ओरेन्ज कलरको लिपिस्टिक मन पराउँछन् ति महिलाहरु आफ्नो करियरलाई लिएर ज्यादै लगनशिल हुन्छन् । यस्ता महिलाहरुलाई समाजमा निकै सम्मान दिने गरिन्छ ।

lipstick 2

पर्पल
जो महिला पर्पल लिपस्टिक लगाउँछन् ती महिलाहरु अन्दाजमा धेरै काम गर्ने र धेरै मानिसको बीचमा बस्न रुचाउँछन् ।
प्रकाशन मिति–२०७४ साल असोज १३ गते शुक्रबार ।