काठमाडौ। विश्वको अत्यन्त मोटी महिलाको कुरा गर्दा इजिप्ट कायरो स्थित ३६ बर्षिया इमान अहमद अब्दुलातीको नाम आउने गरेको छ। कायरो स्थित आफ्नै निवासमा यी महिला विगत २५ बर्षदेखि अत्यन्त मोटी भएको कारण ओछ्यानमा पर्दैआएकी छन्।

Fat women of the world
Fat women of the world

५ सय किलो तौलकी यी मोटी महिलालाई आफ्नो शरीर आफैलाई निक्कै भार बनेको छ। उनी आफ्नो हात आफैले उठाउन पनि नसक्ने भएकी छन्। हातको वजन पनि उनको लागि आफैलाई भार भएको छ।

अरु शरीरको अंग कति भारी होला? त्यो अनुमान गर्ने गाह्रो छ। उनैलाई बढी थाहा होला। यसले गर्दा खाना खानको लागि पनि अरुको सहायता लिनु उनलाई वाँध्यता भएको छ। शौचालय गएर शौच गर्न त झन उनको लागि महाभारत नै हो।

उनी जन्मदा नै ५ किलो वजनको थियो। १० बर्षमा त उनी आफ्नो वजनको कारण हिंडन नसक्ने भएकी थिइन्। उनको शरीरमा एक प्रकारको संक्रमणका कारण वजन बढेको बताइएको छ। उपचारको लागि पर्याप्त रकम नभएकोले उपचार गर्न नसकेको अन्तरराष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।

प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।