–निर्मल बज्राचार्य

काठमाडौं। प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले ६६ औं वाणिज्य दिवस मनाएको छ। मंगलवार काठमाडौंमा आयोजित समारोहमा बाणिज्य दिवस मनाएको हो।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराजदूत एवम् त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपति केदार भक्त माथेमाले वाणिज्य शिक्षाको विकासमा अतुलनीय योगदान दिएका प्राध्यापक डाक्टर गोविन्द राम अग्रवाल सम्मान गरेका छन्। त्यसैगरि प्रतिष्ठानका संयोजक प्रा.डा.पुष्कर वज्राचार्यले दोसल्ला ओढाएर सम्मान गरे भने स्व.प्रा. श्रेष्ठकी धर्मपत्नी सुभद्रादेवी श्रेष्ठले बुद्धको प्रतिमा प्रदान गरेकी थिइन्।

सम्मान ग्रहण गरेपछि ७७ बर्षिय प्रा.डा.अग्रवालले आफ्ना श्रद्धेय गुरु ईश्वरीलालको देनले नै यो सफलता प्राप्त भएकोमा खुशी र आभार व्यक्त गरेका छन्। प्रतिष्ठानले पहिलो पटक सम्मान गरेको उक्त कार्यक्रममा शंकरदेव क्याम्पसका पूर्वप्रमुख प्रा.प्रकाश सिं प्रधानले प्रा.डा.अग्रवालको परिचय प्रस्तुत गरेका थिए।

प्रा.डा.पुष्कर वज्राचार्यले स्वर्गिय प्रा. श्रेष्ठले विसं २०११ भदौ १७ गते जम्मा पाँच जना विद्यार्थीबाट शुरु गरेको वाणिज्य तथा व्यवस्थापन शिक्षालाई अहिले २ लाख भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेको तथ्य प्रकाश पारे।

प्रा. श्रेष्ठका पुत्र डा.प्रकाशलाल श्रेष्ठले नेपालको निम्ति वाणिज्य तथा व्यवस्थापन शिक्षाका पिताको सम्झनामा स्थापित प्रतिष्ठानको उद्देश्यकाबारे प्रकाश पार्दै उहाँको जीवनी चाँडै प्रकाशन हुने जानकारी पनि दिए।

प्रा.डा.विष्णुहरि कोईरालाले संचालन गरेको उक्त कार्यक्रममा प्रा.डा.रजनी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
प्रकाशन मिति–२०७६ साल भदौ १७ गते मंगलवार ।