ताप्लेजुङ। पूर्वी नेपालको अत्यन्त आस्था र विश्वासको केन्द्रविन्दु पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर चिताकर्षक स्वागतद्वार बनाइएको छ। ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्य अनुरुप स्वागतद्वार निर्माण गरिएको निर्माण समितिले जनाएको छ।

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्रीलाई उजिल्याएर स्वागत द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले भनेको छ।

पाटनका राजन शिल्पकारद्वारा बनाइएको स्वागत द्वारमा १६ हजार किलो तामा प्रयोग भएको छ। पाथीभराको उत्पत्ति कथा झल्कने गरी स्वागत द्वार निर्माण गरिएको छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक २० गते बुधवार ।