Dr.Anjan Shakya

काठमाडौं। मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ जना नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

यसरी १ महिनाको तलब कोषमा जम्मा गर्ने राजदूतहरुमा इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य, यूएईका नेपाली राजदूत कृष्णप्रसाद ढकाल, ओमानका नेपाली राजदूत शर्मिला पराजुली ढकाल, इजिप्टका नेपाली राजदूत झविन्द्रप्रसाद अर्याल, कतारका नेपाली राजदूत नारथनाथ भारद्वाज, कुवेतका नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका नेपाली राजदूत सेवा लम्साल, बहराइनका नेपाली राजदूत पदम सुन्दास र साउदी अरेबियाका नेपाली राजदूत प्रा.डा.महेन्द्रप्रसादसिंह राजपुत रहेका छन्।

कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको अवस्थामा देश र देशवासीको जीवनरक्षाका लागि आफ्नो दायित्व सम्झेर नेपाल सरकारद्वारा स्थापित कोषमा यूएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेबियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय शनिबार गरेका हुन् ।
प्रकाशन मिति–२०७६ साल चैत २९ गते शनिवार ।