काठमाडौं। नेवारहरुको छाता संगठन नेवाः देय दबुको औचित्य तथा आवश्यकताको विषयमा विशेष बहस भएको छ। नेवारहरुको विभिन्न संघ–संस्था तथा खलः पुचःहरुको नेतृत्वदायी संगठनको रुपमा रहेको नेवाः देय दबुको औचित्यमाथि विभिन्न प्रश्नहरुको ओइरो आइरहेको वर्तमान समयमा नेपाल खडेगी सेवा समितिको आयोजनामा उक्त बहस भएको हो।

बहसमा नेवाः देय दबुको अझैपनि औचित्य तथा आवश्यकता रहेको निचोड पनि निकालिएको छ। राजनीतिभन्दा माथि उठेर नेवाः देय दबुले नेवारहरुको हक,हित तथा अधिकारको लागि लड्नु आवश्यक भएको र त्यसलाई निरन्तरता दिन दबु क्रियाशीलता हुनुपर्ने सवैको राय रह्यो। अर्कोतर्फ, नेवाः देय दबु नेपालका सातवटै प्रदेशमा विस्तार भैसकेको अवस्थामा दबुमा आवद्ध पदाधिकारीहरु कम से कम नेवार भाषा जानेको हुनुपर्ने प्रावधान हुनुपर्ने औल्याइयो।

सातवटा प्रदेशका कतिपय उपाध्यक्षहरुले नेवार भाषा नै नजान्ने जस्ता कुरा पनि बहसको विषय बन्यो। त्यसतर्फ सचेत गराएर नेवार भाषा प्रशिक्षणको माध्यमवाट नेवार हुनुको गौरबताको महशुश गराउने हो कि भन्ने सुझाव पनि दिइएको थियो। अर्कोतर्फ, नेवार एकताको लागि गठित नेवाः देय दबुमा जातिय विभेद हुने गरेको यथार्थतालाई पस्कने कार्य पनि भयो।

नेवाः देय दबुभन्दा धेरैपहिला ४६ बर्षअगाडि स्थापना भएको नेपाल खड्गी सेवा समितिका केन्द्रिय अध्यक्ष अञ्जिता खड्गीलाई नेवाः देय दबुको केन्द्रिय कोषाध्यक्ष थाहै नदिइकन बर–बुझारथको नामको पत्र दिएर हटाउने प्रयास भएको तथा त्यसको विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंसम्म पुग्नु पर्नुको यथार्थतालाई पनि बहसमा प्रस्तुत गरिएको थियो। जसले नेवाः देय दबुको केन्द्रिय नेतृत्वको नियतलाई पर्दाफास गरेको पनि भनिएको छ।

यस्ता विविध कमी कमजोरीलाई सच्याएर नेवाः देय दबु अगाडि राय पनि व्यक्त गरिएको थियो। बहस कार्यक्रममा डा.चुन्दा बज्राचार्य, मनोज नेवाः खड्गी, अञ्जिता खड्गी लगायत रहेका थिए। Photo By-Rekha Shakya
प्रकाशन मिति–२०७६ साल असार २१ गते आइतवार ।