https://www.facebook.com/watch/?v=258688261938901

काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले बर्तमान जारी लकडाउनलाई मध्यनजर गरेर साधना अनलाइन ट्यालेन्ट गायन प्रतियोगितालाई जारी राखेको छ।

बैशाख २५ गतेसम्मको म्याद तोकिएर प्रतियोगिताको आयोजना गरेकोमा सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याएपछि देश–विदेशवाट व्यापक आग्रह तथा अनुरोध आएपछि म्याद थप गरिएको आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक तथा ख्यातिप्राप्त संगीतकार मिलन मोक्तानले बताएका छन्।

यसकारण सवैलाई जेठ ५ गतेभित्र यो लकडाउनको अवधिभित्र आफूले म्युजिक ट्राकमा गाएर त्यसको भिडियो बनाएर प्रतियोगितामा भाग लिन साधना कला केन्द्रकी प्रवन्ध–निर्देशक आशा गौतमको आग्रह रहेको छ। लकडाउनमा प्रतिभाको प्रदर्शनका लागि साधना कला केन्द्रले यस प्रतियोगिताको आयोजना गरेको जानकारी पनि गौतमले दिएकी छन्।

यस प्रतियोगितामा भाग लिन कुनै उमेर समूह आवश्यक नभएको र आफूभित्रको गायन प्रतिभालाई मज्ज्जाले भिडियो मार्फत प्रदर्शन गरेर कुनैपनि नेपाली गीतको ट्राकमा गीत गाएर भाइबर या साधना कला केन्द्रको पेज मार्फत पठाएर भाग लिन सक्ने आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले भिजन संसार डटकमलाई बताएका छन्।

साधना कला केन्द्र र नेपाल सांगीतिक संघको संघको संयुक्त आयोजनामा भएको यस प्रतियोगिताको लागि सवैलाई घर–घरमा बसेर गीत गाएर त्यसको भिडियो पठाउन पनि आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक मोक्तानले अनुरोध गरेका छन्।


आकर्षक पुरस्कार सहितको
Sadhana Online Talent Hunt Singing Competition
कृपया आफ्नो भिडियो साधना कला केन्द्रको पेजको मेसेज बक्स मा अथवा तल दिईएको मोबाइल नम्बरको Whatsapp मा Send गरिदिनुहुन अनुरोध गर्दछौ । साथमा आफ्नो पुरा नाम,ठेगाना,र मोबाईल नम्बर समेत पठाउन नविर्सनुहोला -भिडियो पठाउने अन्तिम मिति यहि जेठ ५ गतेसम्म
Contact Mobile Number 9851023576
प्रकाशन मिति–२०७७ साल बैशाख २७ गते शनिवार ।