काठमाडौं। अमेरिकाकाको विश्वप्रसिद्ध केन्टकी फ्राइड चिकेन अर्थात के.एफ.सी.को अन्तरराष्ट्रिय फुड चेन ब्रान्ड नेपालमा अव एघार शाखाको विस्तार भएको छ। शुक्रवार काठमाडौंको भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट परिसरभित्र काठमाडौं उपत्यकामा आठौं शाखाको विस्तार भएपछि अव एघार शाखाको विस्तार भएको हो।

भाटभटेनी सुपरमार्केटमा शुभारम्भ भएको के.एफ.सी.को विस्तारित नयाँ शाखा काठमाडौं उपत्यकामा खोलिएका मध्येको आठौं शाखा हो भने, काठमाडौं वाहिर पोखरा, चितवन र इटहरीमा यसअघि नै विस्तार भैसकेको देवयानी इन्टरनेशनल नेपालले जनाएको छ। के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार
उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने देवयानी इन्टरनेशनलले भनेको छ।

त्यस्तै, के.एफ.सी.ले आफ्ना गा्रहकका लागि विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराउँदै कोभिड–१९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरेको पनि खुलासा गरेको छ । जसकालागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गरेको उल्लेख छ।

के.एफ.सी.का कर्मचारीहरुले हरेक ग्राहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला
निर्मलिकरण गर्ने गर्दछन् । हरेक ग्राहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गर्ने गरेको पनि भनिएको छ।

१६४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ८.३० बजे सम्म डाइन–इन, टेक अवेर होम डेलिभरी मार्फत सेवा दिइरहेको जानकारी पनि देवयानी इन्टरनेशनलले दिएको छ।

प्रकाशन मिति–२०७८ साल असोज १ गते शुक्रवार ।