काठमाडौं। खुराफाती हाकिमको नामवाट व्यापक चर्चामा आएका विशिष्ट अभिनेता मनोज आचार्य महाशिवरात्रीको दिन महादेव बनेका छन्। त्यो पनि नेपालमा नभइकन अमेरिकामा । हाल अमेरिकामा रहेका अभिनेता आचार्यले अमेरिकावाट महादेव बनेर महाशिवरात्रीको दिन सवैलाई जय शम्भो भनेर खुशी व्यक्त गरेका छन्।

भगवान पशुपतिनाथको पावनभूमि नेपालभन्दा धेरै टाढा पाताल बस्ती अमेरिकाको भर्जिनियामा रहेका खुराफाती हाकिम मनोज आचार्यले महाशिवरात्रीमा भगवान पशुपतिनाथको दर्शनलाई मिस्ड गरेको वताएका छन्।

अमेरिकावाट भिजन संसार डटकमसंगको कुराकानीमा खुराफाती हाकिम आचार्यले महाशिवरात्रीको दिन हरेक बर्ष भगवान पशुपतिनाथको दर्शनमा जाने गरेकोमा यो बर्ष अमेरिकामा रहेको कारण जान नपाएको कारण धेरै मिस्ड भएको भनेका छन्।

यद्यपि, देश तथा विदेशमा बसेका सवैलाई भगवान पशुपतिनाथले कल्याण गरुन भनेर भन्न चुकेका छैनन्।

प्रकाशन मिति–२०७९ साल फागुन ६ गते शनिवार ।