काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १४ कुलेश्वर स्थित लिंकमार्गमा रहेको भिजनोभा फुटसलको आयोजनामा फस्ट भिजनोभा फुटसल कप २०७७ संपन्न गरेको छ। बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यको प्रमुख आतिथ्यतामा फस्ट भिजनोभा फुटसल कप २०७७ संपन्न भएको हो।

प्रतिस्पर्धात्मक तथा रोमाञ्चकारी फुटसल खेलमा टोखाको माउण्ट ग्लोरी स्कुल प्रथम बनेको छ। प्रथम हुन सफल माउण्ट ग्लोरी स्कुलले नगद २० हजार सहित ट्रफी प्रदान गरेको छ। त्यस्तैगरेर, काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन हाइस्कुल व्दितीय बनेर नगद १० हजार सहित ट्रफी हात पारेका छन्। नैकापको ब्राइट फ्यूचर स्कुल तृतीय बनेर नगद ५ हजार सहित ट्रफी जित्न सफलता प्राप्त गरेको छ। फेअर प्ले टीमका रुपमा चाल्नाखेलको एशियाली तारापुञ्ज हाइस्कुल भएको छ। जसलाई ट्रफी सहित नगद २ हजार ५ सय प्रदान गरिएको छ।

अतिथि बागमती प्रदेशका लोकप्रिय प्रदेश सांसद डा.अजयक्रान्ति शाक्यले विजेता टीमहरुलाई नगद सहित ट्रफी प्रदान गरेका थिए। फाइनल खेल अत्यन्त रोचक तथा रोमाञ्चकारी भएको प्रतिक्रिया सांसद डा।शाक्यको रहेको छ। फस्ट भिजनोभा फुटसल कप २०७७ आयोजक समितिका अध्यक्ष रामकृष्ण तण्डुकारले भिजनोभा फुटसल स्थापना भएको अवसरमा आयोजित कार्यक्रम सानो सोचले गरेको भएतापनि व्यापक सफलता मिलेको बताएका छन्।

अव यसलाई निरन्तरता दिदैजाने प्रतिवद्धता पनि अध्यक्ष तण्डुकारले व्यक्त गरेका छन्। फस्ट भिजनोभा फुटसल कप २०७७ मा काठमाडौंका २४ वटा विद्यालय टीमको उत्साहजनक सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७७ साल चैत्र २१ गते शनिवार ।