स्वास्थ्यमन्त्री भएसँगै नेपाली कांग्रेसका युवा नेता गगन थापाको चर्चा अहिले अरु बढेकोे छ ।
सामाजिक सञ्जालमा मन्त्री थापाका बारेमा गरिएका टिकाटिप्पणी भाइरल भएका छन् । धेरैले उहाँलाई राजनीतिमा युवा पुस्ताको शाख जोगाउने गरी देश र गरिव जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् । अनि कतिपयले त गठबन्धनको सरकार, यसको आयु, थापाले सम्हालेको मन्त्रालय अन्तरगत स्वास्थ्य क्षेत्रमा विद्यमान विकृति जस्ता कारण मन्त्री भएसंगै थापाको राजनीतिक लोकप्रियता घट्न् पो हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।
प्रखर र स्पष्ट वक्ता थापालाई आज म अस्ति आफैले एक्यवद्धता देखाएका डा. गोविन्द के.सी. माग के हुन्छन् ? नीजि कलेज सञ्चालकका मागलाई कसरी सम्बोधन गर्नुहुन्छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहलाई महाअभियोग लगाउन संसदको ध्यान आर्कषण प्रस्ताव कहाँ पुग्यो ? नेपालका दुर्गम गाउ“हरुमा डाक्टर कहिले पुग्छन् र आम मानिसले स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाउने दिनको अन्त्य कहिले होला ?

source:TOUGH talk with Dil Bhusan Pathak