काठमाडौं। आज मिति २०७७ बैशााख १६ गते मंगलवारसम्म आइपुग्दा नेपाल लकडाउन भएको ३६ दिन पुगेको छ। कोरोनाको संक्रमणको कारण भएको लकडाउनले जसरी विपन्न ज्याला–मजदुरी गरेर ज्यान पाल्नेहरुलाई समस्या परेजस्तै दाताहरुको सहयोगवाट चल्ने बृद्धाश्रमहरुलाई अझ चर्को मार पर्न थालेको छ।

विपन्न ज्याला–मजदुरी गर्नेहरुलाई सरकारले राहत दिएर उनीहरुको ज्यान पालिदिएको छ। मध्यम वर्गलाई त्यस्तै समस्या छ। यता दातावाट चल्ने बृद्धाश्रममा लकडाउनका कारण दाताहरु पुग्न नसक्दा बृद्धाश्रम समस्यामा पर्न थालेको छ। दाताहरुको राहत सहयोगवाट विगत डेढ दशकदेखि चल्दैआएको दिलशोभा आमाव्दारा सञ्चालित काठमाडौं महानगरपालिका वडा नंबर १३ र १४ मा पर्ने कालिमाटी–सोल्टीमोड कलंकी रोड स्थित आमाघर बृद्धाश्रममा दाताहरु पुग्न नसक्दा समस्या हुन थालेको छ।

आमाघरकी आमा दिलशोभा श्रेष्ठले भिजन संसार डटकमसंगको कुराकानीमा लकडाउन लम्बिदा आमाघरमा सञ्चित खाद्य सामाग्री तथा खाना पकाउने ग्याँस सकिन लागेको र दाताहरु पहिला जस्तो दिनहुँ आएर विहान र वेलुका खाना खुवाउन आउनेहरु यो लकडाउनमा नभएको कारण समस्या परेको बताएकी छन्।

आमाघरले हालसम्म वडा कार्यालयले वितरण गरिएको भनिएको कुनैपनि राहत नपाएको र राहतको लागि कसैले पनि सोध्न नआएको जानकारी दिलशोभा आमाले दिएकी छन्। भोलिदेखि थप गरिएको थप १० दिनको लकडाउनमा आमाघरमा आश्रित बृद्धा आमाहरुको लागि आवश्यक खाद्य सामाग्री कसरी जुटाउने भन्ने पिरोलो हुन थालेको आमाघरकी आमा दिलशोभा आमाले भनेकी छन्।

यो विषम परिस्थितिमा कोही इच्छुक महानुभावहरुले आमाघर पुगेर आवश्यक रासनपानी लगायतका सामाग्री सहयोग गर्न चाहनु हुन्छ भने, निम्न फोन नंबरमा संपर्क गरेर सहयोग गरिदिनु हुन अनुरोध छ। संपर्क फोन नंबर–9841702176 & 9851232176 Dil Shova Shrestha (Amaghar)
प्रकाशन मिति–२०७७ साल बैशाख १६ गते मंगलवार ।