चितवनको पदमपुरमा एक समान्य परिवारमा जन्मिनु भएका गैर आवासीय नेपाली संघ एनआरएनएका अभियन्ता तथा पुर्व अध्यक्ष जीवा लामिछानको परिचय अब सफल व्यवसायी, समाजसेवी मात्र नभै लेखक पनि भएको छ ।
लन्डन पुरुषहरुको सहर हो, त्यहाँ बतासमै शक्ति आउँछ
पेरिस महिलाको सहर हो, त्यहाँ सौन्दर्यको सुवास आउँछ
भेनिस मीठा सपनाहरु, इतिहासको रोम सहर
घुम्न रमाइलो संसार होला, बस्न राम्रो त आफ्नै घर ।
हेनरी भान डाइकको यो कवितापंक्ती जुगल भुर्तेलले जीवा लामिछानको पुस्तक सरसर्ति संसारका लागि अनुवाद गर्नुभएको हो ।
गत साता सार्वजनिक लामिछानेको पहिलो पुस्तक सरसर्ती संसारमा लेखकले ठोरीको जंगलमा स्याउला माथि रात कटाएको पीडादेखि दुवईको अत्याधिक सुविधासम्पन्न एट्लान्टिस दी पाममा रात बिताएको प्रसंगसम्म उल्लेख छन् । र लेखक जहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ नेपाल खोज्नुहुन्छ । आफ्नो घर सम्झनु हुन्छ ।
पुल्चोक इन्जिनियारिङ कलेजबाट ओभरसियर उत्तिर्ण भएपछी सिभिल इन्जिनियारिङ अध्ययनका लागि छात्रवृत्तिमा तत्कालिन सोभियत संघको राजधानी मस्को स्थित स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियारिङ कलेजमा पुग्नुभयो । लामिछानेको जीवनमा मस्कोमा पुगेपछी यू– टर्न नै आयो । पढाई सके पछि व्यवसायमा हात हाल्नुभएका लामिछाने अहिले सफल व्यवसायी हुनुहुन्छ