काठमाडौं। रोशनी शाही बलात्कार काण्डमा परेर जेल सजाय पाएर सफाई पाएका शालिन पूर्वसभामुख कृष्णबहादुर महराको फेरि चर्चा चलेको छ। त्यो कुनै अप्रिय कुरामा नभइकन राम्रो कुरावाट चर्चा पाएको हो।

महरा तीनदिन अघि दाङवाट पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेको कुरावाट फेरि चर्चामा आएका हुन। महराले खेतबारी जोत्दै गरेको फोटो सार्वजनिक भएपछि महरा खेतीपाती सिजनमा गाउं फर्केर राम्रै काम गरेको सवैको भनाई रहेको छ।

राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहेका महरालाई आफ्नो खेतबारी जोत्ने मौका नै मिलेको थिएन। अहिले पनि त्यो फुर्सद मिलेको छ। खेतिपातीको कामका लागि परिवारका सबै सदस्य पुख्र्यौली घर पुगेको महराका ज्वाई पूर्ण केसीले भनेको अनलाइन खवरले उल्लेख गरेको छ।

महरालाई खनजोतमा जेठो छोरा एटमले सघाउने गरेको रोल्पा नगरपालिकाका मेयर समेत रहेका महराका ज्वाई केसीले भनेका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ २६ गते सोमवार ।