Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City
Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City

काठमाडौ। काठमाडौ महानगरपालिकाका लोकप्रिय निर्वाचित मेयर विद्यासुन्दर शाक्यको महानगरपालिकाका निर्वाचित पदाधिकारीहरुलाई जनही नगद ३० हजारसम्मको मोवाइल फोन सुविधा दिने निर्णयको चौतर्फी विरोध भएपछि तत्काल त्यस निर्णय फिर्ता भएको छ।

मेयर शाक्यले त्यस निर्णयलाई हाललाई कार्यन्वयन नगर्ने गरी फिर्ता गरेका छन्। जनताको प्रतिनिधि भएकोले जनताकै चाहना विपरित कुनै निर्णय कार्यन्वयन नगर्ने प्रतिवद्धताका साथ निर्णय स्थगित गरेका छन्। एकदिन अगाडि मात्र त्यसप्रकारको अलोकप्रिय निर्णय गरेर चौतर्फी आलोचना खेपेका मेयर शाक्यले तुरुन्तै निर्णय सच्याउनु बुद्धिमानी जनप्रतिनिधिको ज्वलन्त उदाहरण भएको सवैले भनेका छन्।

जनता नै सर्वोपरी भएको कारण जनताको चाहना विपरित अलोकप्रिय निर्णय गरेमा जनताले नै खवरदारी गरेर त्यस जनप्रतिनिधिलाई सडकमा ल्याउने ताकत जनतामा रहेको कारण जनताको विश्वासमा घात नगर्न सचेत गराउने कार्य जनतावाटै हुनु आवश्यक छ। यसले गर्दा पनि काठमाडौ महानगरभित्रका जनताका अत्यन्त प्रिय मेयरवाट हुनै लागेको भूललाई खवरदारी जनतावाट भएपछि सच्चिएको छ।

भूललाई सच्याएको लगतै मेयर शाक्यले ८८ कटेका बृद्धबृद्धाहरुलाई घरैमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने राम्रो निर्णय गरेका छन्। जुन निर्णयवाट मेयर शाक्यले सवैको वाहवाही पाएका छन्।

Kathmandu Metropolicition Cityप्रकाशन मिति–२०७४ साल असार ९ गते शुक्रबार ।