Dewba with New State Ministerकाठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका थप दुईजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विराज विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा कमलादेवी शर्मालाई नियुक्त गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री देउवाले सोमबारै सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

योसँगै देउवा मन्त्रिमन्डल ५६ सदस्यीय जम्बो टोली भएको छ। यो नेपालको इतिहासमै हालसम्मको यो सबैभन्दा ठूलो जम्बो मन्त्रिमन्डल हो।
प्रकाशन मिति–२०७४ साल असोज २ गते सोमवार