Medicineकाठमाडौ। जानाजानी या अञ्जानमा नेपालमा अझैपनि कतिपय स्थानमा म्याद नाघेका औषधि विक्री वितरण गर्ने गरेको पाइएको छ। त्यस्ता म्याद गुज्रेका औषधिको कारण विरामीको ज्यानै जान सक्ने भएकोले यसतर्फ नेपाल सरकार सचेत बनेको छ।

अव त्यस्ता म्याद नाघेका औषधि बेचेर विरामीको ज्यान गएमा विक्रेतालाई जन्मकैद हुने भएको छ। नेपालको व्यवस्थापिका संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो।

यो व्यवस्थावाट औषधि बेच्ने विक्रेताहरुमा सचेतना हुने भएकोले म्याद गुज्रेका औषधिको नियन्त्रण हुने अनुमान गरिएको छ।

प्रकाशन मिति–२०७३ साल चैत्र २९ गते मंगलवार ।