Dolkha District Map
Dolkha District Map

काठमाडौ। दोलखाको मेलुङ गाउँपालिकाको पोवटी मतदान केन्द्रमा प्रहरीको गोली लागेर नकुल भुजेलको मृत्यु भएको छ । सो घटनामा परी नेपाली काँग्रेस कार्यकर्ता सूर्यप्रसाद न्यौपानेको टाउकोमा गम्भीर चोट लागेको छ।

काँग्रेस र एमाले कार्यकर्ता वीच विवाद हुँदा झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको प्रहरीले भनेको छ। प्रहरीले गोली चलाएपछि काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ता मतदानकेन्द्र छोडेर हिडेको खवर रहेको छ।

घटनापछि सो मतदान केन्द्रको मतदान स्थगित गरिएको छ। मेलुङमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ भने एमाले एकल चुनावी प्रतिस्पर्धामा छ।
प्रकाशन मिति–२०७४ बैशाख ३१ गते आइतवार ।