Gyanendra Shahकाठमाडौ। नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले बैशाख ३१ गते आइतवारको स्थानीय निर्वाचन बहिस्कार गरेका छन्। 

पूर्वराजा ज्ञानेन्द्रकै चाहनाअनुसार पूर्वराजपरिवारका सदस्यहरुले स्थानीय निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन्। गणतन्त्र स्थापना पछि भएका दुईवटा निर्वाचनमा पनि पूर्वराजपरिवारका सदस्यले मतदान गरेका थिएनन्।

गणतन्त्र आउनु अघि राजपरिवारका सदस्यले मतदान गर्ने परम्परा थियो। पूर्वराजपरिवार निटक स्रोतका अनुसार पूर्वराजपरिवारका सदस्यहरुले आफूहरुको पुरानो परम्परा अनुसारै निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन्।
प्रकाशन मिति–२०७४ बैशाख ३१ गते आइतवार ।