narayangad-muglin-road-1काठमाडौ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज मंंगलवार देखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ । सडक निर्माण कार्यलाई तीव्रता दिन सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पु¥याइएको हो।

यसअघि दैनिक साँढे चार घन्टा मात्रै सडक बन्द हुँदै आएको थियो।इन्जिनियर शिव खनालका अनुसार, नारायणगढ– मुग्लिन सडक आयोजनाका आजदेखि बिहान १० बजेबाट अपरान्ह्र ४ बजेसम्म सडक बन्द गरेर काम थालिएको छ।

निमार्णकार्य तीव्ररुपमा अघि बढाउनुपर्ने भएकाले समय बढाउनु परेको इञ्नियर खनालको भनाइ रहेको छ। आयोजनाले सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न समेत अपिल गरेको छ । यसअघि उक्त सडकखण्ड बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुँदै आएको थियो ।

आगामी वैशाखसम्ममा उक्त सडकको निर्माणकार्य सकिनुपर्नेमा काम ५० प्रतिशत पनि हुनसकेको छैन । जसका कारण अहिले झन्डै ९ महिना समय थप भएको हो। यस सडक खण्डको दूरी कुल ३४ किलोमिटर रहेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र १५ गते मंगलवार ।