काठमाडौ। नेपालमा दुईदिने लगानी सम्मेलन संपन्न भएको छ। जसवाट नेपालमा नेपाललाई १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ। नेपाल सरकारले अनुमान गरेभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको हो। नेपाल सरकारले यो सम्मेलनबाट १ खर्ब लगानी जुट्ने अनुमान गरेको थियो।

Nepal Investment Summit 1

लगानी सम्मेलनको समापन कार्यक्रममा शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानीको प्रतिबद्धता आएको जानकारी गराए । लगानी सम्मेलनमा चीनले सबैभन्दा बढी ८ अर्ब ३० करोड अमेरिकी डलर लगानीको प्रतिबद्धता जनाएको छ।

बंगलादेशबाट २ अर्ब ४० करोड डलरको लगानी प्रतिबद्धता आएको छ । जापान र बेलायतका लगानीकर्ताले पनि एक–एक अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। यसैगरी, श्रीलंकाबाट ५० करोड डलरको लगानी प्रतिबद्धता आएको छ भने भारतले ३१ करोड ७० लाख डलरकोमात्रै लगानी प्रतिबद्धता जनाएको छ। सम्मेलनमा स्वदेशी लगानीकर्ताले १ करोड १५ लाख डलरको लगानी प्रतिबद्धता जनाएका छन्।

Nepal Investment Summit 2

विशेषगरी ऊर्जा, यातायात, कृषि, पर्यटन र सूचना तथा प्रविधिलगायतका पूर्वाधार क्षेत्रमा लगानीका लागि प्रतिबद्धता आएको हो ।सम्मेलन समापन कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न देखाएको चासोलाई सरकारले उच्च मूल्यांकन गर्दै लगानी ल्याउने वातावरण तत्काल बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले लगानीकर्ताले खोजेको प्रक्रियागत झन्झट हटाइ उक्त लगानी ल्याउने वातावरण बताउने बताए। सम्मेलनमा २ सय ८५ विदेशीसहित ७ सय ७५ जना लगानीकर्ताको सहभागिता रहेको थियो ।
प्रकाशन मिति–२०७३ साल फागुन २१ गते शनिवार ।