Dr. Sashank Koiralaकाठमाडौ। चुनावको वीचमा बजेट ल्याउनु अवश्य पनि राम्रो होइन। विश्वको कुनैपनि मुलुकको संविधानमा चुनावको वीचमा बजेट ल्याएको पाइएको छैन्। नेपालको संविधानमा जेष्ठ १५ गते नै बजेट ल्याउनु पर्ने प्रावधान राखिएको भएको कुरालाई नै नजिर बनाएर सत्तापक्षहरुले बजेट ल्याउने निर्णय गरेको छ।

त्यो अत्यन्त गलत भएको जिकिर सत्तापक्ष नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको रहेको छ। डा.कोइराला जेष्ठ १५ गते ल्याइन लागेको बजेटको विरोधमा देखिएका छन्। बजेट ल्याउनै परेमा पनि पूरक बजेट नल्याइकन काम चलाउ आँशिक बजेट ल्याउनु राम्रो हो भन्ने डा.कोइराला पूरक बजेट बाँकी रहेको दोश्रो चरणको जेष्ठ ३१ गतेको स्थानीय चुनाव पछि ल्याउनु राम्रो हो भन्छन्।

बैशाख ३१ र जेष्ठ ३१ गते गरेर दुई चरणको चुनावको पनि विरोधमा रहेका डा.कोइराला पार्टीमा एकै चरणमा हुनुपर्ने धारणा राख्ने नेतामा देखिएका छन्। जेष्ठ ३१ गते नै दुवै चरणको चुनाव एकसाथ गर्नुपर्छ भन्ने धारणा आफ्नो रहेको हुंदाहुंदै पनि बैशाख ३१ गते चुनाव भयो, त्यसमा त्यति आफूलाई चित्त नबुझेको स्पष्ट पार्दै पहिलो चरणको चुनावमा अधिकाँश स्थानमा कांग्रेसको अग्रता पछि परेकोमा आइजिपी प्रकरण तथा प्रधानन्यायाधीशलाई महाभियोग प्रकरणले प्रभाव पारेको र स्थानीय नेताहरुलाई प्राथमिकता नदिएको अनि केन्द्रवाट मनपरी उम्मेदवार चयन गरेको दोष कांग्रेसमा भएको हो खुलासा गर्ने कार्य डा.कोइरालावाट भएको छ।

कांग्रेसीहरुलाई नै निराश हुने गरेर चितवनको भरतपुर महानगरपालिकामा जित सुनिश्चित भएको भरतपुरमा कांंग्रेसी नेताको उम्मेदवारीलाई फिर्ता गर्न लगाएर माओवादीलाई समर्थन गर्नु र गराइनु जस्ता अलोकप्रिय कार्यले कांग्रेस चुकेको टिप्पणी पनि डा.कोइरालाको रहेको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २ गते मंगलवार ।