Dr. Kainiकाठमाडौ। बेलायतमा ८ जुनमा हुने संसदीय निर्वाचनका लागि लेबर पार्टीबाट छानिएका नेपाली मूलका पहिलो उम्मेदवार डा. बच्चुकैलाश कैनी चुनाव प्रचार प्रसारमा जुटेका छन् । गत बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि डा.कैनी मतदाता आफूतिर आकर्षित गर्न व्यस्त भएका हुन्।

अन्तिम नामावली अनुसार कैनीको क्षेत्र डार्टफोर्डमा लेबर सहित पाँच मुख्य पार्टीका र एक जना स्वतन्त्रउम्मेदवार चुनावीमैदानमा छन् । कैनीले आफ्नो निर्वाचन क्षेत्रका निश्चित ठाउंहरु पहिचान गरी घरदैलो अभियान थालिएको जनाए। सबै नेपाली समुदायको सहभागितामा मे २७ र २८ तारिख एवं जुन ३ र ४ तारिखका दिन लिफलेट बांड्ने डा.कैनीले बताएका छन्।

डा.कैनीले आफ्नो निर्वाचन क्षेत्रमा विशेष गरी अस्पताल र स्कुलमा भएको बजेट कटौतीको असर कम गर्दै सेवा सुधार गर्ने, स्थानीय स्तरमा पूर्वाधार निर्माणलाई तीव्रता दिने, वायु प्रदुषण न्यूनीकरण योजना ल्याउने, सडक जाम हटाउन काम गर्ने, स्थानीय टाउन सेन्टर आकर्षक बनाउने, व्यापार ब्यवसायकालागि आकर्षक योजना ल्याउने आदि मुख्य चुनावी मुद्दा अघि सारेका छन्। सत्तारुढ कन्जरभेटिभको पकड क्षेत्रबाट लडेका कैनीलाई चुनाव जितिनेमा पूर्ण विश्वास छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १ गते सोमवार ।