Chame Mananga

काठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना ३४ जिल्लामा नै शुरु भैरहेको छ। यसैक्रममा हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाको मतगणना संपन्न भएको छ।

कांग्रेसको अखडाको रुपमा चिनिएको यस चामे गाउंपालिकामा नेकपा एमालेको शानदार विजय भएको छ। चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २ सय १४ मत प्राप्त गरी बिजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १ सय ७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् । उनले १ सय ६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १ गते सोमवार ।