लण्डन। एक जना चर्चित फोटोग्राफर, ६ महिने एउटा बच्चा र इटालीका चित्रकारको एउटा जोडी सहित दर्जनौं व्यक्तिहरु लण्डनको २४–तले भवनमा लागेको आगलागीमा परी हराइरहेका छन् । घटनामा परी अहिले सम्म कम्तिमा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेकोे छ भने मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने प्रहरी अधिकारीले बताएका छन्।

London Born.2बुधबार बिहानीपख २४ तले ग्रेनफेल टावरमा लागेकोे आगलागीका कारण झण्डै ३५ जना अझै हराई रहेका विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालले जनाएका छन् । फाराह हाम्दान, उनको श्रीमान् ओमार बेल्काडी र उनीहरुको छ महिने छोरीका बारेमा अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको फाराहका बुबा रकिअले भनेका छन्। उनको छ बर्ष र १० बर्षका अरु छोरीहरु पनि रहेका छन् तर उनीहरुलाई अस्पतालमै भेटिएको छ।

घटनामा परी बेपत्ता भएका मध्ये २७ बर्षिय माक्रो गोर्टाडी र ग्लोरी ट्रेभिसानको इटालीको एउटा जोडी पनि रहेको छ । उनीहरुको मृत्यु नै भएको हुन सक्ने उनीहरुको आफन्तले अनुमान गरेका छन् । उनीहरु चित्रकार थिए । गत तीन हप्ता अगाडी मात्रै उनीहरु लण्डन आएको आफन्तहरुको भनाई छ। आवासीय भवनमा आगलागीमा परी दर्जनौँ घाइते भएका र ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको छ।

London Born

उद्वारकार्य जारी रहेको र सो भवनभित्र करिब २०० जनाले बसोबास गर्दै आएको अनुमान गरिएको छ, तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बसोबास गर्ने व्यक्तिको सङ्या २०० भन्दा बढी रहेको थियो । प्रहरीका अनुसार सयौँको सङ्रख्यामा बसोबास गरिरहेका कैयौँ व्यक्ति थुनिएर रहेको आशङ्का गर्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ । आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धान जारी रहेको जनाइएको छ । रासस/एएफपी

London Born.1प्रकाशन मिति–२०७४ साल असार १ गते विहीवार ।