साँखु । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा सरकार प्रमुख विकासमान श्रेष्ठको नेतृत्वमा ज्येष्ठ नागरिकहरुको धार्मिक अवलोकन भ्रमण र पौष्टिक आहार वितरण सम्मान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंको पूर्वी भेग साँखुमा रहेको शालीनदी नजिक प्रसिद्ध धार्मिक स्थल पञ्चमहालक्ष्मी मन्दिरको धार्मिक अवलोकन भ्रमण तथा भ्रमणकै क्रममा पौष्टिक आहार सहितको सम्मान कार्यक्रम सम्पन्न भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ मा स्थायी बसोबास गर्ने १ सय १ ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको अवलोकन भ्रमण तथा पौष्टिक आहार वितरण सहितको सम्मान कार्यक्रममा सवै सहभागी ज्येष्ठ नागरिकहरुले वडा सरकार प्रमुख विकासमान श्रेष्ठ सहित वडा सदस्यहरु शोभादेवी प्रधान, मञ्जु रिजाल, पूनम निरौला र अशोक कुमार श्रेष्ठ लगायतलाई आभार तथा धन्यवाद व्यक्त गरेका थिए।

ज्येष्ठ नागरिकहरु वीच आपसी मेलमिलापमा बृद्धि तथा पारिवारीक घेरामा बस्दा बस्दै रिफ्रेस महशुश नभएका ज्येष्ठ नागरिकहरुलाई यसप्रकारको कार्यक्रमले रिफ्रेस गरेको सहभागीहरुले नै बताएका थिए। जसमा वडा सल्लाहकार पुरुषोतम ढुंगाना, वडा सचिव मदनकृष्ण श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो।