nirwachan-ayogकाठमाडौ। नेपालमा पहिलो चरणको स्थानीय निर्वाचनको लागि आज मंगलवार सवै दल तथा व्यक्ति विशेषले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने भएको छ। निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

तीन प्रदेशमा पहिलो चरणको निर्वाचन ३१ वैशाखमा हुँदैछ । सो दिन ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । मंगलबार उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम भएपनि प्रमुख दलहरुले उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् ।

निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ । आज साँझ ५ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने कार्यक्रम रहेको निर्वाचन आयोगले भनेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख १९ गते मंगलवार ।