Indian Help for Nepal

काठमाडौ। नेपालको स्थानीय निर्वाचन संपन्न गर्न भारत सरकारले रु आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगमा सोमवार आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको साँचो हस्तान्तरण गरेका हुन्।

स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ र दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुँदैछ। भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ३५ वटा पिकअप, सात वटा स्करपियो जिप, पाँच वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटरसाइकल र सात वटा स्कुटर उपलब्ध गराएको भारतीय राजदूतावासले भनेको छ।Indian Help for Nepal.1

प्रकाशन मिति–२०७४ साल बैशाख १८ गते सोमवार ।