अमेरिकामा जबरजस्ती श्रीमानव्दारा पोर्नस्टार बनाएकी नेपाली चेली विन्दु परियारले ७२ करोड पाउने

0 minutes, 0 seconds Read

Bindu-Pariyar 4काठमाडौं । अमेरिकामा पुगेर पोर्नस्टारकोरुपमा चिनिएकी नेपाली चेली बिन्दु परियारले आफूलाई जवर्जस्ती अश्लिल चलचित्रमा काम गर्न बन्न बाध्य तुल्याइएको भन्दै पतिबाट ७२ करोड रुपैयाँ पाउने भएकी छिन्।

आफुलाई जवर्जस्ती अश्लिल हर्कत गर्न बाध्य पारिएको भन्दै उनले हालेको मुद्धामा पतिलाई दोषी ठहर गर्दै अदालतले ७ दशमलव २५ मिलियन अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो। अमेरिकी सञ्चार माध्यम डालास न्यूजका अनुसार बिन्दुलाई उनका पतिले स्तन प्रत्यारोपण देखि नग्न क्लवमा काम गर्न बाध्य पार्दै अश्लिल चलचित्रमा समेत अभिनय गर्न बाध्य पारेको तथ्य अदालतका कागजातबाट खुलेको उल्लेख छ।

Bindu-Pariyar 3

पतिलाई छोडेपछि आफूलाई बाध्यात्मकरुपमा पोर्नस्टार बन्नु परेको बिन्दुले बताएकी छिन् । डालास मोर्निङ न्यूजमा अन्तर्वार्ता दिँदै बिन्दुले आफूले पति विरुद्ध मुद्धा हालेपछि न्याय पाएको बताएकी छिन्। बिन्दुले आफ्नो नाम सार्वजनिक गर्न अनुमति दिएपछि सार्वजनिक गरेको भन्दै डालास न्यूजले २७ वर्षीया ती युवतीले सन् २०१२ मा आफ्ना पति टम राण्डेल सेवेलसँग पारपाचुके गरेपछि पतिले अनलाइनमा यौन गतिविधीको भिडियो पोष्ट गरेर यौनकर्मीकोरुपमा चिनाएको बताएकी छिन् । त्यसपछि आफुलाई विभिन्न मान्छेले फोन गरेर भिडियो हेरेको भन्दै यौन सम्बन्धका लागि पैसा दिने प्रस्ताव राखेको पनि उनले खुलाएकी छिन्।

बिन्दुले आफू सानै उमेरमा अमेरिका गएको र त्यहाँ नर्सिङ स्कुलमा पढ्दै परिवारलाई सघाएको बताएकी छिन्। विभिन्न अनलाइन साइटहरुमा बिन्दुका यौन सम्बन्ध राखेका अश्लिल भिडियो र उनी नग्न बनेर अनेक हर्कत गरेका भिडियो देख्न सकिन्छ । तर कुनै पनि वेबसाइटले आफूसँग अनुमति लिएर यस्ता सामग्री नराखेको बिन्दुले बताएकी छिन् । यस्ता भिडियोमा देखिएका कुनै पनि गतिविधी आफूले राजि खुसी नगरेको पनि उनको भनाइ छ।

Bindu Pariyar 2

पतिले आफूलाई अनेक साइट बनाएर दुःख दिएको र मुख देखाएर हिड्न नहुने बनाएपछि मात्र छोड्ने भनेको पनि बिन्दुले खुलासा गरेकी छिन्। परियारले ५८ वर्षीय सेवेल विरुद्ध गत वर्ष मात्र मुद्धा दायर गरेकी थिइन् । उनले आफ्ना अश्लिल तस्विर र भिडियोका कारण आफूलाई भएको क्षतिपुर्ति माग गर्दै हालेको मुद्धामा फैसला गर्दै अदालतले पतिलाई ७ दशमलव २५ मिलियन अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो । डालास काउन्टी अदालतलमा पति सेवेलले आफूलाई यस्ता कृत्य गर्न बाध्य तुल्याएको भन्दै मुद्धा दायर गरेपछि उनले न्याय पाएकी हुन्।
प्रकाशन मिति–२०७३ साल जेठ ११ गते मंगलवार ।

Similar Posts