एकैदिनमा चार शुभ कार्यको प्रधानमन्त्री ओलीवाट शिलान्यास

0 minutes, 0 seconds Read

K P Oli in Jhapaकाठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा भ्यू–टावर निर्माण शुरु भएको छ। झापाकै दमकलाई मोरङ्ग र इलाम जोडने दुई खोलामा पुल निर्माण कार्यको पनि प्रारम्भ भएको छ।

झापा दमक र मोरङ्गको मधुमल्ला जोड्ने मावा खोलामा पुल निर्माणको शुरुवात पनि भएको छ। त्यसैगरेर दमक र इलामको चुलाचुली पर्ने रतुवा खोलामा पुलको निर्माण शुरु भएको छ। यी चारैवटा कार्यको एक पछि गरेर काठमाडौवाट शुक्रबार गृहनगर झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।

एकैदिन झापाको बेग्ला बेग्लै स्थानमा पुगेर चार वटा शुभ कार्यको शुरुवात गरेर प्रधानमन्त्री ओलीले झापाली जनताको मन जितेका छन्। झापावासी पनि झापाली प्रधानमन्त्री पाएर दंग परेका छन्। उनीहरुले झापाली प्रधानमन्त्रीले कुरा मात्र होइन, काम पनि गरेर देखाउने आंटिला ओली भनेर प्रतिक्रिया दिएका छन्।
प्रकाशन मिति–२०७३ साल जेठ २८ गते शुक्रबार ।

Similar Posts