Nanda Kishor Pun Pasang.1काठमाडौ। नेपालका उपराष्ट्रपति नन्दवहादुर पुन साताव्यापी भ्रमणको लागि आज शुक्रबार चीन प्रस्थान गरेका छन्।

उपराष्ट्रपति पुन विहान ११ बजे चीनको छेन्दु हुंदै कुन्मिङ्ग पुगेका छन्। चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले दक्षिण एसिया एक्सपो, २४ औ चीन कुन्मिङ्ग आयात निर्यात व्यापार मेला र दक्षिण एसिया व्यवसायी मञ्चलाई संवोधन गर्ने कार्यक्रम रहेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताएका छन्।

उपराष्ट्रपति निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो। आगामी असार २ गते उपराष्ट्रपति पुन नेपाल फर्कने छन्।
प्रकाशन मिति–२०७३ साल जेठ २८ गते शुक्रबार ।