नवलपरासी । कपिलवस्तु जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र कृष्णनगरमा आइतवार सांझ ५ बजेदेखि कर्फ्यू लागेको छ। स्थानीय प्रशासनले गत असोज २ गते कृष्णनगरमा बडा दशैंको दुर्गा पूजाको भगवतीको मुर्ति बिर्सजनका क्रममा भएको बिवादपछि तनावग्रस्त कृष्णनगरको स्थितिलाई नियन्त्रणमा लिन कर्फ्र्यू आदेश जारी गरेका हो। अर्को निर्णय नभएसम्म कर्फ्यू जारी रहन स्थानीय प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलका अनुसार कृष्णनगरमा गत असोज २ गते साँझ ६ बजेदेखि मुर्ति बिर्सजनका क्रममा बिवादले उग्ररुप लिएपछि कर्फ्यू आदेश जारी गरिएको हो। आइतवार दिउँसो जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको उनले बताए। पूर्वमा सेमरा, पश्चिममा झण्डेनगरर, उत्तरमा बडेया पोखरी र दक्षिणमा दशगजा चौकिल्ला कायम गरी कर्फ्यू लगाईएको छ।

असोज २ गते कृष्णनगर बजारमा दुर्गा भगवतीको मुर्ति बिर्सजनका क्रममा भीडलाई लक्षित गरी ढुंगा प्रहार गरिएपछि कृष्णगनर बजार तनावग्रस्त बनेको छ। सो घटनाले उग्ररुप लिएको प्रहरीले जनाएको छ। घटना पछि दोहोरो ढुंगा हानाहानसहित झडप समेत भएको थियो। प्रहरीले ३ दिनदेखि शान्ति सुरक्षा कायम गर्न प्रयास गरे पनि बिफल भएपछि जिल्ला प्रशासनले कर्फ्यू लगाउन बाँध्य भएको बताइएको छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक ४ गते आइतवार ।