काठमाडौ। विसं. २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्व्रस्त बनेको काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ।

आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेश सभासद राजेश शाक्यले बताएका छन्।

प्रदेश सभासद शाक्यले परीक्षणमा पठाइएको माटो र इँटाको गुणस्तर मापनबाट आएको नतिजाअनुसार सामग्री सङ्कलन गरी पुनः निर्माण शुरु गरिने बताएका छन्। अबको २० दिनमा परीक्षणको नतिजा आउने बताइएको छ।

प्रकाशन मिति–२०७५ साल असार १४ गते विहीवार ।